यस गाउँपालिकाको विभिन्न विद्यालयहरुको लागि तपसिल बमोजिमका विषयहरुमा खुला प्रतियोगिताद्वरा स्वयमंसेवक शिक्षक नियुक्त गर्नु पर्ने भएकोले योग्यता पुगेका नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा दरखास्त अाव्हान गरिन्छ।
ताजा समाचार
सूचना
गाउँपालिकाको कार्यलयमा आउने अहिलेसम्मकै उच्च पदस्थ व्यक्ति पूर्व प्रधान मन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष श्री रामसुर बुढामगर ।
फोटोः जयमान बुढा मगर
सबै व्यक्तिको आत्मसम्मान सहित बाँच्न पाउन अधिकार सुनिश्चितताको वातावरण सिर्जना गर्न मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुन्छन् । नेपाल र नेपालीलाई स्वतन्त्र र सार्वभौम सम्पन्न बनाउन विभिन्न कालखण्ड, युद्ध तथा संघर्षहरुमा आफ्नो अमूल्य ज्यान आहुति दिने ज्ञातअज्ञात सबै महान शहिदहरुको बलिदानी र त्यागको फलस्वरुप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन र स्वाभिमानी नेपालीका नामले कहलिन पाएका छौं । शहीद दिवसका अवसरमा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताहरुले पटक-पटक गर्दै आएका सशस्त्र युद्ध, ऐतिहासिक आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानका गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु प्रति श्रद्धाञ्जली र घाइते, अपाङ्ग सबैलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
दिगो आर्थिक विकास सहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्र बनाउने शहीदहरुको महान सपनालाई साकार पार्न सबै राजनीतिक दल र पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, शिक्षक, बुद्धिजिवी लगायत आम समुदायले एकपटक छातीमा हात राखेर, नेपाली धर्तीको माटो समाएर, तेरो-मेरो भन्ने भावनाबाट मुक्त भएर राष्ट्र निर्माण र राज्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका निर्माण गर्न गाउँपालिकाबासी सबैमा विशेष अपिल समेत गर्दछु ।
रामसुर बुढा मगर
अध्यक्ष, भूमे गाउँपालिका रुकुम (पूर्व) परिवार
मितिः २०७५ साल माघ १६ गत्ते
कुनै पनि विपद् पूर्व सूचना दिएर वा बाजा बजाएर आउँदैन । मानवीय जीवनमा कुनै न कुनै विपद्को सामना गरिरहनै पर्छ । धेरैजसो विपद्का कारण मानव हामी स्वयं नै हुन्छौं । त्यसमध्ये भूकम्प पनि एक प्रकोप जो जसले ठूलो जनधनको क्षति गर्दछ । हालसम्म भूकम्प कहिले कुन ठाउँमा कतिबेला जान्छ भन्ने कुरा हालसम्म पूर्वानुमान गर्न सकिएको छैन । भूकम्पले आफै ज्यान लिँदैन तर हामीले बनाएको संरचना कमजोर हुँदा भूकम्पको कारण ठूलो जनधनको क्षति हुने गर्दछ । तसर्थ, हामी सबैले बेलैमा ध्यान पुर्याउन सकेको खण्डमा हामी र हाम्रो पुस्ताको सुरक्षित जीवनयापनमा टेवा पुग्न सक्छ । सडक, पुल, गेट, घर लगायतका संरचना पटक पटक बनाइँदैन । यी संरचना निर्माण गर्दा आज हामीले थोरै लोभ गर्दा भोलि हामी र हाम्रो पुस्ताको ज्यान नै खतरामा पर्न सक्ने भएकाले भौतिक संरचना निर्माण गर्दा सबैले भूकम्प प्रतिरोधी संरचना अर्थात निर्माण आचारसंहिताको पालना गरौं र गर्न लगाई सबैको जीवन सुरक्षित बनाउन योगदान पुर्याओं । भूकम्प प्रभावित र पीडितको समाचार नबनौं । सबैले भवन निर्माण गर्दा अनिवार्य रुपमा भवन संहिता पालना गरौं । कुनै द्विविधा भएमा वा जानकारी आवश्यक परेमा गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गरी सुरक्षित संरचना निर्माण गरौं । यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा "विपद्बाट सुरक्षित हुने नागरक अधिकारःपूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार" भन्ने नारालाई सार्थक पारौं । भूकम्प सुरक्षा दिवसको शुभकामना !!!
रामसुर बुढा मगर
गाउँपालिका अध्यक्ष
भूमे गाउँपालिका, रुकुम (पूर्व)