FAQs Complain Problems

ताजा समाचार

मौजुदा सूची दर्ता गराउने बारेको सूचना

मौजुदा सूची दर्ता गराउने बारेको सूचना

मितिः २०७५ साल श्रावण १ गते

भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि आर्थिक वर्ष २०७५/०७६ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित) मा भएको व्यवस्था बमोजिम तपसिलको कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. २०७३/०७४ को व्यवसाय नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र सहित स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी सहित सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २(क) बमोजिमको ढाँचामा निवेदन दिनु हुन र आर्थिक वर्ष २०७४/०७५ मा यस कार्यालयमा सूची दर्ता गरेका तथा आर्थिक वर्ष २०७५/०७६ मा समेत अद्यावधिक गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. ०७३/०७४ को कर चुक्ता र व्यवसाय नवीकरणको प्रमाणपत्रको फोटोकपी संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नियमानुसार निवेदन दिनु हुन जानकारी गराइन्छ ।

तपसिल

सम्पादन गर्नुपर्ने कामको विवरणः

  1. मसलन्द छपाई तथा कार्यालय सामान आपूर्ति,
  2. फर्निचर तथा फर्निसिङ सामान आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
  3. मेशिनरी औजार (कम्प्यूटर, प्रिन्टर, फोटोकपी, मेशिन आदि) तथा इलेक्ट्रिकल सामान आपूर्ति तथा मर्मत
  4. सवारी साधन (कार, जिप, भ्यान, मोटर साइकल आदि) का पार्ट पूर्जा आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
  5. विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धी सेवा,
  6. भवन मर्मत सम्भार एवं निर्माण सम्बन्धी सेवा,
  7. कुरियर सेवा,
  8. प्रशासनिक विषयहरुसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा विभिन्न विषयसँग सम्बन्धित सफ्टवेयर निर्माण/मर्मत तथा आपूर्ति र सूचना प्रविधि सम्बन्धी विभिन्न परामर्श सेवा,
  9. फूलका विरुवा सप्लाई लगायत बगैचा व्यवस्थापन सम्बन्धी कार्य ।

 

प्रमुख प्रशासकीय अधिकृत

 

 

 

आर्थिक वर्ष: