ताजा समाचार
मिति २०७७ भाद्र ४ गते सम्पन्न नियमित स्टाफ मिटिङको निर्णय
मिति २०७७ भाद्र ४ गते सम्पन्न नियमित स्टाफ मिटिङको निर्णय
१
प्रस्ताव नं १ को सम्बन्धमा छलफल गर्दा अघिल्लो स्टाफ मिटिङमा छलफल भई कार्यपालिका बैठकबाट स्वीकृत वार्षिक कार्यतालिका बमोजिम कार्यान्वयन सम्बन्धमा थप छलफल गरी सोही समयसीमा भित्र कार्यान्वयन गरी नियमित प्रतिवेदन गर्ने प्रतिवद्धता व्यक्त गरियो ।
२
प्रस्ताव नं २ को सम्बन्धमा छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षको श्रावण महिनामा सम्पादन गरिएका कामको प्रगति समीक्षा, आइपरेका समस्या र समाधानका उपाय माथि छलफल गरियो ।
३
प्रस्ताव नं ३ को सम्बन्धमा छलफल गर्दा यस महिनाको नयाँ कार्यको थालनीको रुपमा आ-आफ्नो कार्यालयबाट गुनासो रहित सेवा प्रवाह अभियान लाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाहको व्यवस्था मिलाउने र पालिका तथा वडामा गठित गुनासो सुनुवाई अधिकारीले गुनासो/सुझाव पेटिका हप्ता हप्तामा खोली सो को माइन्यूट सहित प्रतिवेदन गर्ने ।
४
पालिका र अन्तर्गतका कार्यालयहरुमा कार्यरत हरेक राष्ट्रसेवकहरुले पालना गर्नुपर्ने आचारसंहिता र मर्यादाहरु पालना गर्दै हरेक कर्मचारीले मेरो काम_म आफै_आजै फर्छ्यौट गर्छु भन्ने प्रतिवद्धता गरी सोको अनुगमन र प्रतिवेदन हुने व्यवस्था सहित गुणस्तरीय कार्यसम्पादनमा जोड दिने निर्णय गरियो ।
५
प्रस्ताव नं ५ को सम्बन्धमा छलफल गर्दा वडास्तरमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना तथा कार्यक्रमहरु यथाशीघ्र कार्यान्वयनका लागि पूर्वाधार विकास तथा भवन नियमन शाखाले तत्काल लागत अनुमान तयारी सम्पन्न गर्ने र सम्बन्धित वडा कार्यालय/समितिले वार्षिक कार्यक्रम कार्यान्वयन तालिका बमोजिम भाद्र ३० गतेभित्र उपभोक्ता समितिहरु गठन गरी सोको पूर्ण विवरण तोकिएको ढाँचामा यथाशीघ्र योजना तथा अनुगमन शाखामा पठाउने । साथै, समितिको विवरण प्राप्त भएपछि सम्बन्धित शाखाले समितिका पदाधिकारीहरुलाई अभिमुखीकरणको व्यवस्था मिलाउने।
| वडा/ शाखा | वार्षिक कार्यतालिका कार्यान्वयन | वडाको काम | भाद्र महिनामा गर्नुपर्ने काम | समस्या | समाधान प्रयास | 
|---|---|---|---|---|---|
| १ | वार्षिक समिक्षा श्रावण ७ मा सम्पन्न | प्रमाणित, सिफारिश सम्बन्धी सेवाबाट ८६१० आम्दानी सासु नवीकरण सम्पन्न | वडा कार्यालय भवनका लागि जग्गा खोजी, उस गठन | पुरुषको जन्मदर्तामा महिला भएको कम्प्यूटर, इन्टनेट समस्या | मुचुल्का उठाई नियमानुसार संशोधन | 
| २ | वार्षिक समिक्षा श्रावणको तेस्रो हप्तामा सम्पन्न | प्रमाणित, सिफारिश सम्बन्धी सेवाबाट २२०९५ आम्दानी 
 | सासु नवीकरण कार्ड, उस गठन, | स्थानीय पञ्जिकाधिकारी रिक्त रहेको | 
 | 
| ३ | वार्षिक समिक्षा श्रावण १९ मा सम्पन्न भई प्रतिवेदन | सासु नवीकरण, आम्दानी ८३०० | सबै योजनाहरुको स्थलगत अध्ययन गरी १५ गते भित्र उस गठन | सासु नवीकरण छूट, प्रिन्टर बिग्रेर फोटोकपी समस्या अरु बेला भएको फोटोकपी सित्तैमा गर्ने गरेको | 
 | 
| ४ | वार्षिक समिक्षा श्रावण १३ मा सम्पन्न भई प्रतिवेदन बेरोजगार फाराम, | वितरण विवरण (तीन पुस्ते)को सूची प्रकाशन, तीनको छाना विवरण, सासु नवीकरण, १३५३६ आम्दानी | गैसस वार्षिक समीक्षा, उस गठन, वडा कार्यालयको लागि जग्गा थप खोजी | २० वर्ष नपुगेका विवाह दर्ता र जन्म दर्तामा समस्या, सम्बन्ध विच्छेद भई फैसला भएको ४५ दिनभित्र अर्को विवाह दर्ता गर्न नमिल्ने भएकाले जन्म दर्तामा जन्म मिति मेल नखाने समस्या वडामा हालसम्म ६ जना जन्म र विवाह दर्ता नगरेका व्यक्ति रहेको | 
 | 
| ५ | वार्षिक समीक्षा श्रावण १३ गते सम्पन्न | ९७९७ आम्दानी, बेरोजगार फाराम, सुरक्षित आवास निवेदन, सासु निवेदन संकलन नवीकरण, स्थानीय रेट, | योजनाको स्थलगत सर्वेक्षण गरी उस गठन, कोभिड नियन्त्रणका लागि सूचना प्रकाशन | वाइफाईको समस्या | पालिकाबाट पत्राचार भई समाधान | 
| ६ | वार्षिक समीक्षा श्रावण १२ गते सम्पन्न | १३९७५ आम्दानी, नियमित सेवा प्रवाह, वेरोजगार निवेदन | उस गठन, कोभिड | कम्प्यूटर बिग्रेको | 
 | 
| ७ | वार्षिक समीक्षा श्रावण २५ सम्पन्न | ६६१० आम्दानी, अन्य पत्राचार, सिफारिश, प्रमाणित पत्राचार | उस गठन, | सहायक कर्मचारी नभएको, दोहोरो वडा जिम्मेवारी | 
 | 
| ८ | वार्षिक समीक्षा श्रावण १४ मा सम्पन्न | सासु नवीकरण र नयाँ दर्ता, सरकारी जग्गा लगत, रु. ४९६२७ आम्दानी दाखा | योजना कार्यान्वयन, उस गठन, कोभिड | प्राविधिकका लागि कम्प्यूटर, टेबल कुर्सी | 
 | 
| ९ | 
 | अनुपस्थित | 
 | 
 | 
 | 
| स्वास्थ्य | कोभिड केन्द्रित काम, | हाल ७ जना क्वारेन्टाइन र ५ जना होम, ७ पोजिटिभ मध्ये ६ निको भएको १ जना आइसोलेसनमा रहेको छ । | ५० बेडको आइसोलेसन, सबै कर्मचारीहरुको कोभिड बीमा | इन्टरनेटको समस्याका कारण नियमित स्वास्थ्य मिटिङ र प्रदेशसँगको समन्वय मिटिङमा समस्या | 
 | 
| शिक्षा | 
 | संस्थागत विद्यालयहरुलाई EMIS, नियमित कामकाज | विनियोजित कार्यक्रम कार्यान्वयन, प्रोफाइल | - | 
 | 
| खानेपानी | 
 | वास योजनाको अन्तिम चरणमा | 
 | 
 | 
 | 
| कृषि | प्रगति समीक्षा सम्पन्न | रेडियो शिक्षा कार्यक्रम सुरुवात, (कृषि भूमि हाम्रो सरोकार), माग संकलन, बाली संरक्षणका लागि ८० केजी फापर बीउ संकलन, श्रावण २१ मा कृषि पकेट क्षेत्र (१,२,७) तरकारी (३,४,९) केरा (३,४,५, ६ र ८), बंगुर (डालिबाङ), कागति (चुनबाङ) लसुन (८ र ९), सिमी (२), मकै गहुँ बीउ (सिमा) लाई घोषणा | स्थनीय बाली संरक्षण अन्तर्गत मुला र तोरीको बीऊ संकलन, | - | 
 | 
| पशु सेवा | 
 | औषधी वितरण, ७१४० आम्दानी | कार्यक्रम कार्यान्वयन | - | 
 | 
| सामाजिक सुरक्षा | 
 | ८ वटा वडाको लाभग्राही नाम प्रविष्ट, लक | विवरण संकलन, | 
 | 
 | 
| MSNP | 
 | 
 | खाद्य सुरक्षा समितिको बैठक, योजना छनौट | बजेट सुनिश्चित नभएको र जिल्ला सहजकर्ता नभएकाले काम गर्न कठिनाई | 
 | 
| Telecenter महत | 
 | ५३५ आम्दानी, | 
 | 
 | 
 | 
| जिन्सी | 
 | खरिद योजना | MIS को कम्प्यूटर खरिदका लागि सिलबन्दी, डिजिटाइजेसन, खरिद समितिको बैठक | 
 | 
 | 
| आलेप | 
 | आन्तरिक लेखापरीक्षण कार्य सम्पन्न (सशर्त बाहेक) प्रतिवेदन बाँकी | प्रतिवेदन तयार गर्ने | कार्यकक्षको अभाव, ल्यापटप छैन, मुभिङ चेयर | 
 | 
| सूचना अभिलेख केन्द्र | 
 | वास योजना कार्य भैरहेको, CMIS, MoFAGA परिपत्र पुर्याउने, कम्प्यूटर समस्या समाधान र सपोर्ट | डिजिटल प्रोफाइल अपडेट, एप निर्माण, तस्बिर बोल्छ तयारी, सामाजिक सञ्जाल अपडेट, LEOC सञ्चालन | कर्मचारीहरुले कम्प्यूटर अफ नगरेर कार्यालय छोड्ने, यूपिएस अप नगर्ने समस्या, पत्र खोजेको बेला नभेटिने | 
 | 
| प्रशासन | 
 | गैसस विवरण, सहकारी संस्था विवरण, कर्मचारी विवरण अद्यावधिक, घरजग्गा लगत अद्यावधिक, कासमू, सम्पत्ति विवरण | प्रोफाइल अद्यावधिक, फाइल व्यवस्थापन प्रणाली, कोड, समीक्षा, गैसस समीक्षा | - | 
 | 
| योजना अनुगमन | 
 | योजना विवरण अद्यावधिक र वार्षिक प्रगति प्रतिवेदन तयारी | स्थलगत अनुगमन, उस गठन सहजीकरण, Planning System update | योजना कार्यान्वयन कार्ययोजना | 
 | 
| आर्थिक प्रशासन | 
 | प्रगति तथा आर्थिक विवरण तयारी, | 
 | आन्तरिक आम्दानी शीर्षकगत प्रतिवेदन अस्पष्ट (भौचर व्यवस्थापन) | 
 | 
| पूर्वाधार | 
 | क्वारेन्टाइन भवन निर्माण ल.ई. ट्रस ब्रिज स्टिल पार्टस् टेण्डर तयारी | खरिद व्यवस्थापन (कोटेशन) डिपिआर, ल.ई. | इन्टरनेट, कम्प्यूटर अभाव, | 
 | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    