FAQs Complain Problems

ताजा समाचार

रुकुम पूर्व भूमेमा राष्ट्रिय बाल दिवस यसरी मनाइयो

जयमान बुढा मगर 
रुकुम पूर्व भूमे गाउँपालिकामा भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरिएको विविध प्रतियोगीता शनिबार समापन गरिएको छ ।

भूमे गाउँपालिका र रुकुमेली समाज विकास केन्द्रको संयुक्तमा प्रतियोगीता आयोजना गरिएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनु भएको छ ।

हाजिरी जवाफ, वक्तितृत्वकला, त्यसैगरि अंग्रेजी हिजे, लङ जम्प, कविता, गणित दैड लगायतको प्रतियोगीतामा मावि तथा आधारभूत दुबै विद्यालय स्तरिय प्रतियोगीताको आयोजना गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ । भूमेको ३३ वटै विद्यालयहरुलाई पत्रचार गरिएकोमा मावि तहबाट ६ र आधारभूत तहबाट १९ गरी जम्मा २५ वटा विद्यालयको सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।

जसमा माध्यामिक विद्यालय प्रतियोगीता तर्फ वक्तितृत्वकलामा प्रथम काँडा, दोस्रो सिमा, तेस्रो महत्त, सानत्वना काँक्री, त्यसै गरि अंग्रेजी हिझे तर्फ प्रथम काँक्री, दोस्रो लुकुम, तेस्रो महत्त, सानत्वना सीमा, छ भने हाजिरी जवाफमा प्रथम महत्त, दोस्रो कुचिबाङ, तेस्रो सिमा, सानत्वना काँडा रहेका छन् । लङ जम्पमा छात्रा तर्फ प्रथम सिमा, दोस्रो काँडा, तेस्रो कुचिबाङ, सानत्वना काँक्री त्यसै गरि छात्र तर्फ प्रथम महत्त, दोस्रो सिमा, तेस्रो लुकुम, सानत्वना काँडा रहेका छन् ।

आधारभूत विद्यालय प्रतियोगीता तर्फ वक्तित्वकलामा प्रथम महत्त, दोस्रो झुम्लाबाङ, तेस्रो क्याङ्सी, सानत्वना सिमा, त्यसै गरि कविता तर्फ प्रथम काँडा, दोस्रो झुम्लाबाङ, तेस्रो तल्लो साकिम, सानत्वना काँक्री, छ भने अंग्रेजी हिझेमा प्रथम काँडा, दोस्रो मोराबाङ, तेस्रो महत्त, सानत्वना सिमा त्यसै गरि हाजिरी जवाफमा प्रथम सिमा, दोस्रो क्याङ्सी, तेस्रो महत्त, सानत्वना झुम्लाबाङ रहेका छन् । गणित दैडमा प्रथम सिमा, दोस्रो धर्मशाला, तेस्रो मोराबाङ, सानत्वना कुचिबाङले स्थान हासिल गरेका हुन् । पुरस्कार क्रमशः नगत ४ सय, ३ सय, २ सय, १ सय सहित मेडल, कपी, कलमले पुरस्कृत गरिएको भूमे गाउँपालिकाका सूचना अधिकृत जनक आलीले जानकारी दिनु भएको छ ।

त्यसै गरि सहभागी विद्यालयहरु मध्य सर्वउत्कृष्ट समेत छनौट गरि पुरस्कृत गरिएको छ । जसमा मावि तर्फ प्रथम सिमा, दोस्रो महत्त, तेस्रो काँडा, सानत्वना काँक्री त्यसै गरि आधारभूत विद्यालय तर्फ प्रथम सिमा, दोस्रो काँडा, तेस्रो महत्त, सानत्वना झुम्लाबाङ रहेकामा पुरस्कार राशि क्रमशः नगत ३ हजार, २ हजार ५ सय, २ हजार, १ हजार ५ सय सहित कपले पुरस्कृत गरिएको सूचना अधिकृत ओलीले जानकारी दिनु भएको छ ।

कार्यक्रमको अध्यक्षता भूमे गाउँपालिकाका स्रोत व्यक्ति नरेन्द्र दाहालको रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि भूमे गाउँपालिकाका प्रमुख रामसुर बुढा, विशेष अतिथि भूमे गाउँपालिकाका उपप्रमुख मनकुमारी बुढा (विष्ट), अन्य अतिथिहरु भ्ूामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, भूमे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख दाईमण पुन, रुकुमेली समाज विकास केन्द्रका सामाजिक परिचालक रन्जना बिक लगायत सहभागी विद्यालयका प्रधानाध्यापकहरुको आतिथिता रहेकोमा सञ्चालन भूमे गाउँपालिकाका कम्प्यूटर अफरेटर चन्द्र रसाईलीले गर्नुभएको थियो ।

Source: http://www.sisneonline.com/2018/09/16/14318/

आर्थिक वर्ष: