FAQs Complain Problems

ताजा समाचार

गाउँपालिकाको लोगो डिजाइनका लागि पुनः आव्हान गरिएको सूचना

भूमे गाउँ कार्यपालिकाको मिति २०७४ माघ १२ गते बसेको बैठकले भूमे गाउँपालिकाको लोगो डिजाइन खुला प्रतिष्पर्धाबाट गर्ने र उत्कृष्ट डिजाइनकर्तालाई प्रमाणपत्र सहित रु. २०,००० पुरस्कार समेत प्रदान गर्ने निर्णय बमोजिम यस कार्यालयको मिति २०७४।१०।२२ को सूचनाबाट आव्हान गरिए पनि निर्धारित समयभित्र जम्मा ४ (चार) वटा मात्र लोगो प्राप्त हुन आएको हुँदा प्रतिस्पर्धाका लागि चैत्र मसान्तसम्म म्याद थप्ने यस कार्यालयको मिति २०७४।११।३० को निर्णयानुसार यो सूचना पुनः प्रकाशन गरिएको छ ।  
शर्तहरु:
१. लोगो मिति २०७४ चैत्र मसान्त भित्र पठाइसक्नु पर्नेछ । 
२. लोगोले भूमेको भाव समेटेको हुनुपर्नेछ । लोगोसँगै त्यसको विस्तृतिकरण समेत पठाउनुपर्नेछ ।
३. लोगोको छनौट, स्वीकृत/अस्वीकृत गर्ने अन्तिम अधिकार गाउँ कार्यपालपकामा रहनेछ । 
bhumemun@gmail.com

 

 

प्रमुख प्रशासकीय अधिकृत

आर्थिक वर्ष: