FAQs Complain Problems

ताजा समाचार

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

भूमे  गाउँपालिकाले मासिक बुलेटिन प्रकाशन गर्ने तयारी भैरहेकोले उक्त बुलेटिनमा लेख रचना समावेश गर्न इच्छुक लेखकहरुबाट मिति २०७५।०५।३० गतेभित्र स्थानीय तह तथा विकास लगायत आर्थिक सामाजिक राजनीतिक पर्यावरणीय विषयका साथै विविध खोजमूलक ज्ञानबर्द्धक लेख रचनाको लागि अनुरोध गरिएको । प्रकाशनको लागि पठाइने लेख रचनाहरु नेपालीमा भए प्रीति फन्टमा टाइप गरी १४ साइजको वा युनिकोड १२ साइजको तथा अङ्ग्रेजीमा भए Times and New Roman मा टाइप गरी १२ साइजमा टाइप गरिएको हुनुपर्नेछ । लेख रचनाहरु इमेल मार्फत bhumemun@gmail.com वा css.com.np@gmail.com मा अथवा हार्ड कपिमा भए गाउँ कार्यपालिकाको कार्यालय मोराबाङ रुकुम (पूर्व) मा पठाउन सकिनेछ । यस विषयमा थप जानकारीका लागि ९८५७८२४२३२ वा ९७४८१५४४१४ मा समेत सम्पर्क गर्न सकिनेछ ।

 

भूमे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

मोराबाङ, रुकुम (पूर्व)

आर्थिक वर्ष: