FAQs Complain Problems

ताजा समाचार

राष्ट्रिय बालदिवस सम्बन्धमा

भूमे गाउँपालिकाको दिवस तथा समारोह समितिको मिति २०७५ भाद्र ६ गतेको निर्णयानुसार राष्ट्रिय बालदिवस २०७५ को अवसरमा कविता, निबन्ध, हाजिरीजवाफ, हिज्जे, गणित दौड, विभिन्न खेलकूद लगायतका विधामा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगिता आयोजना गरेकाले गाउँपालिका अन्तर्गतका ३३ वटै विद्यालयहरु तथा सम्बन्धित वडा कार्यालयहरुमा यस कार्यालयबाट मिति २०७५ भाद्र ६ गते नै पत्राचार गरिसकिएको छ ।  उक्त पत्र कुनै कारणवश प्राप्त गर्न नसकेको भए तापनि यसै सूचनालाई आधार मानी आफ्नो विद्यालयका विद्यार्थीहरुलाई आगामी २०७५ भाद्र २९ र ३० गतेका दिन गाउँ कार्यपालिकाको कार्यालय रहेको नजिकको विद्यालय श्री शहिद शुक्र माद्यामिक विद्यालय सिमा रुकुमको प्राङ्गणमा उपस्थिति हुन तथा विद्यार्थीहरुलाई सहभागी गराइदिनु हुन सबैमा यो सूचना प्रेषित गरिएको छ । 

 

भूमे गाउँ कार्यपालिकाको कार्यालय

मोराबाङ,  रुकुम (पूर्व) । 

आर्थिक वर्ष: