FAQs Complain Problems

ताजा समाचार

सूचना

भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि आगामी आर्थिक वर्ष २०७६/०७७ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित) मा भएको व्यवस्था बमोजिम तपसिलको कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. २०७४/०७५ को व्यवसाय नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र सहित स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी सहित सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २(क) बमोजिमको ढाँचामा निवेदन दिनु हुन र आर्थिक वर्ष २०७४/०७५ मा यस कार्यालयमा सूची दर्ता गरेका तथा आर्थिक वर्ष २०७५/०७६ मा समेत अद्यावधिक गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. ०७४/०७५ को कर चुक्ता र व्यवसाय नवीकरणको प्रमाणपत्रको फोटोकपी संलग्न गरी नियमानुसार निवेदन दिनु हुन जानकारी गराइन्छ ।

तपसिल

सम्पादन गर्नुपर्ने कामको विवरणः

  1. मसलन्द छपाई तथा कार्यालय सामान आपूर्ति,
  2. फर्निचर तथा फर्निसिङ सामान आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
  3. मेशिनरी औजार (कम्प्यूटर, प्रिन्टर, फोटोकपी, मेशिन आदि) तथा इलेक्ट्रिकल सामान आपूर्ति तथा मर्मत
  4. सवारी साधन (कार, जिप, भ्यान, मोटर साइकल आदि) का पार्ट पूर्जा आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
  5. विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धी सेवा,
  6. भवन मर्मत सम्भार एवं निर्माण सम्बन्धी सेवा,
  7. कुरियर सेवा,
  8. प्रशासनिक विषयहरुसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा विभिन्न विषयसँग सम्बन्धित सफ्टवेयर निर्माण/मर्मत तथा आपूर्ति र सूचना प्रविधि सम्बन्धी विभिन्न परामर्श सेवा,
  9. फूलका विरुवा सप्लाई लगायत बगैचा व्यवस्थापन सम्बन्धी कार्य ।

 

प्रमुख प्रशासकीय अधिकृत

दस्तावेज:
मिति: 07/06/2019 - 03:16

भूमे गाउँपालिका, गाउँसभाको बैठकमा  अध्यक्ष श्री रामसुर बुढा मगरज्यूद्वारा मिति २०७६ असार ०२ गते प्रस्तुत भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम

मिति: 06/25/2019 - 22:26

तत्कालिन माओवादी लडाकु हिडेको बाटो पहिचान गरी भुमे गाउँपालिकाले सोमबार गुरिल्ला अल्ट्रा दौड संचालन गरेको छ । रुकुम पूर्वको महत, धर्मशाला, लुकम, खावाङ र रोल्पाको थवाङ, जलजला लगायतका ठाउँलाई जोड्ने बाटोमा अल्ट्रा दौड गराइएको हो । 

युद्ध पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गरिरहेको र सोही अन्तरगत दौड संचालन गरिएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए । ‘युद्धका बेलामा प्रयोग भएका धेरै संरचनाहरु रहेका छन्,’ उनले भने, ‘तिनैको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम भइरहेका छन् । त्यसै अन्तरगत गुरिल्ला अल्ट्रा दौड संचालन गरेको हौँ ।’ समग्र पर्यटन विकासका लागि पनि युद्ध पर्यटनलाई प्रमुखताका साथ अगाडि बढाइएको उनको भनाई छ । 

कुनै समय युद्धले थिलथिलो बनेको यो ठाउँलाई युद्धका अवशेष देखिने खालका संरचना निर्माण गरी पर्यटन विकासलाई पहिलो प्राथमिकता राखिएको उनले बताए । प्रतियोगिता प्रवद्र्धनका लागि अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राई नै रुकुम पूर्व पुगिन् । हाई अल्टिच्युड भएका क्षेत्रहरुमा संचालन हुने नेपाल सिरिजमा ४ वटा दौड मध्ये यो एक भएको उनले बताइन् । 

पूर्व माओवादी लडाकु समेत रहेकी राईले गुरिल्ला अल्ट्रा दौडले यहाँको युद्ध पर्यटन विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । पछिल्लो समय सडकका नाममा जथाभावि डोजर चलाउनाले ट्रेकिङ रुटहरु मासिदै गएकोमा उनले चिन्ता जनाइन् । तत्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे शसस्त्र युद्धका बेला देशमै चर्चामा रहेको रुकुमको महत चर्चामा थियो । माओवादीले महतबाट नेपाल प्रहरीका तत्कालिन डिएसपी ठुले राईलाई अपहरण गरेका थिए । 

शान्ति स्थापना भइसकेपछि यो ठाउँको प्रवद्र्धनका गर्न शान्ति स्तम्भ र युद्धको झल्को दिने संग्रालय निर्माणका काम भए । गुरिल्ला ट्रेल सुरु भएको भुमे ६ महतमा मात्र तत्कालिन युद्धमा ५८ जनाले ज्यान गुमाएका थिए । उक्त ठाउँमा गाउँपलिकाले शान्तिका सन्देश दिन गौतम बुद्धको स्तुपा बनाएको छ भने युद्धको झल्को दिने खालको संग्रालय पनि बनाएको छ ।

५० जना धावकहरुले प्रतिस्पर्धा गरेको दौडमा निर्धारित ५२ किलोमिटरको दुरी ६ घण्टा २५ मिनेट १५ सेकेण्डमा पुरा गर्दै रुकुम पश्चिमका दुर्गाराज बुढा प्रथम, ६ घण्टा २८ मिनेट २८ सेकेण्डमा दुरी पुरा गर्दै सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र ६ घण्टा ४९ मिनेट ४ सेकेण्डमा निर्धारित दुरी पार गरि रुकुम पूर्वका मुहन केसी तेस्रो भए । 

त्यस्तै ५२ किलोमिटरकै महिला तर्फ प्युठानकी हुमी बुढामगर पहिलो, धादिङकी रसिला तामाङ दोस्रो र भोजपुरकी अनिता राई तेस्रो भईन । पुरुषमा ३५ र महिलामा १६ जनाले प्रतिस्पर्धा गरेकाे खेल संयाेजक सुनिल राेकाले बताए । 

Src: https://www.nayapatrikadaily.com/news-details/17247/2019-06-17?fbclid=IwAR3ojHTm8yBXjvgHog5CaBwA62Kit-rc9VHMYNyFqEZBVs7XFiAaiWMcZXE

दस्तावेज:
मिति: 06/04/2019 - 00:33

Pages

//