ताजा समाचार
सूचना
भूमे गाउँ कार्यपालिकाको निर्णयानुसार गाउँपालिकाले मासिक बुलेटिन प्रकाशन गर्ने तयारी भैरहेकोले उक्त बुलेटिनमा लेख रचना समावेश गर्न इच्छुक लेखकहरुबाट मिति २०७४।१२।३० गतेभित्र स्थानीय तह तथा विकास लगायत आर्थिक सामाजिक राजनीतिक पर्यावरणीय विषयका साथै विविध खोजमूलक ज्ञानबर्द्धक लेख रचनाको लागि अनुरोध गरिएको । प्रकाशनको लागि पठाइने लेख रचनाहरु नेपालीमा भए प्रीति फन्टमा टाइप गरी १४ साइजको वा युनिकोड १२ साइजको तथा अङ्ग्रेजीमा भए Times and New Roman मा टाइप गरी १२ साइजमा टाइप गरिएको हुनुपर्नेछ । लेख रचनाहरु इमेल मार्फत bhumemun@gmail.com वा css.com.np@gmail.com मा अथवा हार्ड कपिमा भए गाउँ कार्यपालिकाको कार्यालय मोराबाङ रुकुम (पूर्व) मा पठाउन सकिनेछ । यस विषयमा थप जानकारीका लागि ९८५७८२४२३२ वा ९७४८१५४४१४ मा समेत सम्पर्क गर्न सकिनेछ ।
भूमे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
मोराबाङ, रुकुम (पूर्व)
भूमे गाउँ कार्यपालिकाको मिति २०७४ माघ १२ गते बसेको बैठकले भूमे गाउँपालिकाको लोगो डिजाइन खुला प्रतिष्पर्धाबाट गर्ने र उत्कृष्ट डिजाइनकर्तालाई प्रमाणपत्र सहित रु. २०,००० पुरस्कार समेत प्रदान गर्ने निर्णय बमोजिम यस कार्यालयको मिति २०७४।१०।२२ को सूचनाबाट आव्हान गरिए पनि निर्धारित समयभित्र जम्मा ४ (चार) वटा मात्र लोगो प्राप्त हुन आएको हुँदा प्रतिस्पर्धाका लागि चैत्र मसान्तसम्म म्याद थप्ने यस कार्यालयको मिति २०७४।११।३० को निर्णयानुसार यो सूचना पुनः प्रकाशन गरिएको छ ।
शर्तहरु:
१. लोगो मिति २०७४ चैत्र मसान्त भित्र पठाइसक्नु पर्नेछ ।
२. लोगोले भूमेको भाव समेटेको हुनुपर्नेछ । लोगोसँगै त्यसको विस्तृतिकरण समेत पठाउनुपर्नेछ ।
३. लोगोको छनौट, स्वीकृत/अस्वीकृत गर्ने अन्तिम अधिकार गाउँ कार्यपालपकामा रहनेछ ।
bhumemun@gmail.com
प्रमुख प्रशासकीय अधिकृत
भूमे गाउँपालिकाको गाउँपालिका स्तरीय शिक्षा समितिको यही मिति २०७४।११।०८ गते बसेको बैठकले भूमे गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कक्षा ८ को वार्षिक परीक्षा यही मिति २०७४।१२।०२ देखि सञ्चालन गर्ने निर्णय गरेकाले सम्बन्धित विद्यालयहरुले गाउँपालिका शिक्षा शाखा कार्यालयमा सम्पर्क राखी आवश्यक कागजात तथा फारामहरु लिई समयमै गाउँपालिकाको शिक्षा शाखामा पेश गर्नुहुन अनुरोध छ ।
सदस्य सचिव