मौजुदा सूची दर्ता गराउने बारेको सूचना
मितिः २०७५ साल श्रावण १ गते
भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि आर्थिक वर्ष २०७५/०७६ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित) मा भएको व्यवस्था बमोजिम तपसिलको कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. २०७३/०७४ को व्यवसाय नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र सहित स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी सहित सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २(क) बमोजिमको ढाँचामा निवेदन दिनु हुन र आर्थिक वर्ष २०७४/०७५ मा यस कार्यालयमा सूची दर्ता गरेका तथा आर्थिक वर्ष २०७५/०७६ मा समेत अद्यावधिक गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. ०७३/०७४ को कर चुक्ता र व्यवसाय नवीकरणको प्रमाणपत्रको फोटोकपी संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नियमानुसार निवेदन दिनु हुन जानकारी गराइन्छ ।
तपसिल
सम्पादन गर्नुपर्ने कामको विवरणः
- मसलन्द छपाई तथा कार्यालय सामान आपूर्ति,
- फर्निचर तथा फर्निसिङ सामान आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
- मेशिनरी औजार (कम्प्यूटर, प्रिन्टर, फोटोकपी, मेशिन आदि) तथा इलेक्ट्रिकल सामान आपूर्ति तथा मर्मत
- सवारी साधन (कार, जिप, भ्यान, मोटर साइकल आदि) का पार्ट पूर्जा आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
- विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धी सेवा,
- भवन मर्मत सम्भार एवं निर्माण सम्बन्धी सेवा,
- कुरियर सेवा,
- प्रशासनिक विषयहरुसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा विभिन्न विषयसँग सम्बन्धित सफ्टवेयर निर्माण/मर्मत तथा आपूर्ति र सूचना प्रविधि सम्बन्धी विभिन्न परामर्श सेवा,
- फूलका विरुवा सप्लाई लगायत बगैचा व्यवस्थापन सम्बन्धी कार्य ।
प्रमुख प्रशासकीय अधिकृत