FAQs Complain Problems

ताजा समाचार

सूचना

हिन्दूहरुको महान् चाड विजय दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

 

रामसुर बुढा मगर

तथा

समस्त भूमे गाउँ कार्यपालिकाको कार्यालय परिवार

रुकुम (पूर्वीभाग) ५ नं. प्रदेश नेपाल  ।

दस्तावेज:
मिति: 10/17/2018 - 14:16

श्री वडा कार्यालय ९ सबै

श्री स्वास्थ्य चौकी ५ सबै । 

श्री सामुदायिक विलालयहरु ३३ सबै । 

श्री सामुदायिक स्वास्थ्य इकाई ३ सबै । 

श्री स्थानीय यूवा क्लब/संस्थाहरु सबै । 

 

भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०७५।०५।२२ को निर्णायानुसार नेपालको संविधान जारी भएको दिनको अवसरमा आगामी असोज ३ गते पर्ने संविधान दिवसलाई भूमे गाउँपालिकामा हर्षोउल्लासका साथ भव्य रुपमा मनाउने निर्णयानुसार देहाय बमोजिमका कार्यक्रमहरु तय गरिएकाले गाउँपालिका अन्तर्गतका सबै कार्यालय, संघ संस्था तथा आम भूमे गाउँपालिकाबासीहरुमा आआफ्नो ठाउँबाट भूमिका निर्वाह तथा सहभागिताका लागि हार्दिक अनुरोध छ । 

१. दीप प्रज्वलनः  मिति २०७५ साल असोज २, ३ र ४ गतेका दिन सबै वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयहरु र आम गाउँपालिकाबासीहरुले घर घरमा साँझ दिपावली गर्ने । 

२. सरसफाई तथा वृक्षारोपनः मिति २०७५ साल असोज २ गतेका दिन सबै वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालय र सार्वजनिक स्थलहरुमा सरसफाई कार्यक्रम तथा स्थानीय प्रजातिको वृक्षारोपन गर्ने । 

३. प्रभातफेरि तथा अन्तरक्रियाः मिति २०७५ साल असोज ३ गते गाउँ कार्यपालिकाको कार्यालय सिमामा गाउँपालिका अन्तर्गतका सबै जनप्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजिवी, स्थानीयबासी सहभागी भई प्रभातफेरि तथा दिउँसो अन्तरक्रिया कार्यक्रम गर्ने । 

 

 

प्रमुख प्रशासकीय अधिकृत

दस्तावेज:
मिति: 09/17/2018 - 00:13

जयमान बुढा मगर 
रुकुम पूर्व भूमे गाउँपालिकामा भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरिएको विविध प्रतियोगीता शनिबार समापन गरिएको छ ।

भूमे गाउँपालिका र रुकुमेली समाज विकास केन्द्रको संयुक्तमा प्रतियोगीता आयोजना गरिएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनु भएको छ ।

हाजिरी जवाफ, वक्तितृत्वकला, त्यसैगरि अंग्रेजी हिजे, लङ जम्प, कविता, गणित दैड लगायतको प्रतियोगीतामा मावि तथा आधारभूत दुबै विद्यालय स्तरिय प्रतियोगीताको आयोजना गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ । भूमेको ३३ वटै विद्यालयहरुलाई पत्रचार गरिएकोमा मावि तहबाट ६ र आधारभूत तहबाट १९ गरी जम्मा २५ वटा विद्यालयको सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।

जसमा माध्यामिक विद्यालय प्रतियोगीता तर्फ वक्तितृत्वकलामा प्रथम काँडा, दोस्रो सिमा, तेस्रो महत्त, सानत्वना काँक्री, त्यसै गरि अंग्रेजी हिझे तर्फ प्रथम काँक्री, दोस्रो लुकुम, तेस्रो महत्त, सानत्वना सीमा, छ भने हाजिरी जवाफमा प्रथम महत्त, दोस्रो कुचिबाङ, तेस्रो सिमा, सानत्वना काँडा रहेका छन् । लङ जम्पमा छात्रा तर्फ प्रथम सिमा, दोस्रो काँडा, तेस्रो कुचिबाङ, सानत्वना काँक्री त्यसै गरि छात्र तर्फ प्रथम महत्त, दोस्रो सिमा, तेस्रो लुकुम, सानत्वना काँडा रहेका छन् ।

आधारभूत विद्यालय प्रतियोगीता तर्फ वक्तित्वकलामा प्रथम महत्त, दोस्रो झुम्लाबाङ, तेस्रो क्याङ्सी, सानत्वना सिमा, त्यसै गरि कविता तर्फ प्रथम काँडा, दोस्रो झुम्लाबाङ, तेस्रो तल्लो साकिम, सानत्वना काँक्री, छ भने अंग्रेजी हिझेमा प्रथम काँडा, दोस्रो मोराबाङ, तेस्रो महत्त, सानत्वना सिमा त्यसै गरि हाजिरी जवाफमा प्रथम सिमा, दोस्रो क्याङ्सी, तेस्रो महत्त, सानत्वना झुम्लाबाङ रहेका छन् । गणित दैडमा प्रथम सिमा, दोस्रो धर्मशाला, तेस्रो मोराबाङ, सानत्वना कुचिबाङले स्थान हासिल गरेका हुन् । पुरस्कार क्रमशः नगत ४ सय, ३ सय, २ सय, १ सय सहित मेडल, कपी, कलमले पुरस्कृत गरिएको भूमे गाउँपालिकाका सूचना अधिकृत जनक आलीले जानकारी दिनु भएको छ ।

त्यसै गरि सहभागी विद्यालयहरु मध्य सर्वउत्कृष्ट समेत छनौट गरि पुरस्कृत गरिएको छ । जसमा मावि तर्फ प्रथम सिमा, दोस्रो महत्त, तेस्रो काँडा, सानत्वना काँक्री त्यसै गरि आधारभूत विद्यालय तर्फ प्रथम सिमा, दोस्रो काँडा, तेस्रो महत्त, सानत्वना झुम्लाबाङ रहेकामा पुरस्कार राशि क्रमशः नगत ३ हजार, २ हजार ५ सय, २ हजार, १ हजार ५ सय सहित कपले पुरस्कृत गरिएको सूचना अधिकृत ओलीले जानकारी दिनु भएको छ ।

कार्यक्रमको अध्यक्षता भूमे गाउँपालिकाका स्रोत व्यक्ति नरेन्द्र दाहालको रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि भूमे गाउँपालिकाका प्रमुख रामसुर बुढा, विशेष अतिथि भूमे गाउँपालिकाका उपप्रमुख मनकुमारी बुढा (विष्ट), अन्य अतिथिहरु भ्ूामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, भूमे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख दाईमण पुन, रुकुमेली समाज विकास केन्द्रका सामाजिक परिचालक रन्जना बिक लगायत सहभागी विद्यालयका प्रधानाध्यापकहरुको आतिथिता रहेकोमा सञ्चालन भूमे गाउँपालिकाका कम्प्यूटर अफरेटर चन्द्र रसाईलीले गर्नुभएको थियो ।

Source: http://www.sisneonline.com/2018/09/16/14318/

दस्तावेज:
मिति: 09/17/2018 - 00:04

भूमे गाउँपालिकाको दिवस तथा समारोह समितिको मिति २०७५ भाद्र ६ गतेको निर्णयानुसार राष्ट्रिय बालदिवस २०७५ को अवसरमा कविता, निबन्ध, हाजिरीजवाफ, हिज्जे, गणित दौड, विभिन्न खेलकूद लगायतका विधामा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगिता आयोजना गरेकाले गाउँपालिका अन्तर्गतका ३३ वटै विद्यालयहरु तथा सम्बन्धित वडा कार्यालयहरुमा यस कार्यालयबाट मिति २०७५ भाद्र ६ गते नै पत्राचार गरिसकिएको छ ।  उक्त पत्र कुनै कारणवश प्राप्त गर्न नसकेको भए तापनि यसै सूचनालाई आधार मानी आफ्नो विद्यालयका विद्यार्थीहरुलाई आगामी २०७५ भाद्र २९ र ३० गतेका दिन गाउँ कार्यपालिकाको कार्यालय रहेको नजिकको विद्यालय श्री शहिद शुक्र माद्यामिक विद्यालय सिमा रुकुमको प्राङ्गणमा उपस्थिति हुन तथा विद्यार्थीहरुलाई सहभागी गराइदिनु हुन सबैमा यो सूचना प्रेषित गरिएको छ । 

 

भूमे गाउँ कार्यपालिकाको कार्यालय

मोराबाङ,  रुकुम (पूर्व) । 

दस्तावेज:
मिति: 09/12/2018 - 01:29

भूमे  गाउँपालिकाले मासिक बुलेटिन प्रकाशन गर्ने तयारी भैरहेकोले उक्त बुलेटिनमा लेख रचना समावेश गर्न इच्छुक लेखकहरुबाट मिति २०७५।०५।३० गतेभित्र स्थानीय तह तथा विकास लगायत आर्थिक सामाजिक राजनीतिक पर्यावरणीय विषयका साथै विविध खोजमूलक ज्ञानबर्द्धक लेख रचनाको लागि अनुरोध गरिएको । प्रकाशनको लागि पठाइने लेख रचनाहरु नेपालीमा भए प्रीति फन्टमा टाइप गरी १४ साइजको वा युनिकोड १२ साइजको तथा अङ्ग्रेजीमा भए Times and New Roman मा टाइप गरी १२ साइजमा टाइप गरिएको हुनुपर्नेछ । लेख रचनाहरु इमेल मार्फत bhumemun@gmail.com वा css.com.np@gmail.com मा अथवा हार्ड कपिमा भए गाउँ कार्यपालिकाको कार्यालय मोराबाङ रुकुम (पूर्व) मा पठाउन सकिनेछ । यस विषयमा थप जानकारीका लागि ९८५७८२४२३२ वा ९७४८१५४४१४ मा समेत सम्पर्क गर्न सकिनेछ ।

 

भूमे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

मोराबाङ, रुकुम (पूर्व)

दस्तावेज:
मिति: 09/12/2018 - 01:19

Pages