FAQs Complain Problems

ताजा समाचार

२१ औं भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश

कुनै पनि विपद् पूर्व सूचना दिएर वा बाजा बजाएर आउँदैन । मानवीय जीवनमा कुनै न कुनै विपद्को सामना गरिरहनै पर्छ । धेरैजसो विपद्का कारण मानव हामी स्वयं नै हुन्छौं । त्यसमध्ये भूकम्प पनि एक प्रकोप जो जसले ठूलो जनधनको क्षति गर्दछ । हालसम्म भूकम्प कहिले कुन ठाउँमा कतिबेला जान्छ भन्ने कुरा हालसम्म पूर्वानुमान गर्न सकिएको छैन । भूकम्पले आफै ज्यान लिँदैन तर हामीले बनाएको संरचना कमजोर हुँदा भूकम्पको कारण ठूलो जनधनको क्षति हुने गर्दछ । तसर्थ, हामी सबैले बेलैमा ध्यान पुर्‍याउन सकेको खण्डमा हामी र हाम्रो पुस्ताको सुरक्षित जीवनयापनमा टेवा पुग्न सक्छ । सडक, पुल, गेट, घर लगायतका संरचना पटक पटक बनाइँदैन । यी संरचना निर्माण गर्दा आज हामीले थोरै लोभ गर्दा भोलि हामी र हाम्रो पुस्ताको ज्यान नै खतरामा पर्न सक्ने भएकाले भौतिक संरचना निर्माण गर्दा सबैले भूकम्प प्रतिरोधी संरचना अर्थात निर्माण आचारसंहिताको पालना गरौं र गर्न लगाई सबैको जीवन सुरक्षित बनाउन योगदान पुर्‍याओं । भूकम्प प्रभावित र पीडितको समाचार नबनौं । सबैले भवन निर्माण गर्दा अनिवार्य रुपमा भवन संहिता पालना गरौं । कुनै द्विविधा भएमा वा जानकारी आवश्यक परेमा गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गरी सुरक्षित संरचना निर्माण गरौं । यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा "विपद्‍बाट सुरक्षित हुने नागरक अधिकारःपूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार" भन्ने नारालाई सार्थक पारौं । भूकम्प सुरक्षा दिवसको शुभकामना !!!

 

रामसुर बुढा मगर

गाउँपालिका अध्यक्ष

भूमे गाउँपालिका, रुकुम (पूर्व)

आर्थिक वर्ष: