ताजा समाचार
विश्व कुष्ठ रोग दिवस मनाइयो
भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा ६७ औं विश्व कुष्ठ रोग दिवस मनाइएको छ । हरेक वर्षको जनवरी २६ मा कुष्ठ रोगको रोकथामका लागि यस वर्ष माघ १३ मा पनि कुष्ठरोग सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले भूमे गाउँपालिकामा यो कार्यक्रम मनाइएको हो । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई कुष्ठ रोग रोकथाम तथा यसबाट बच्ने उपायका बारेमा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक उपेन्द्र यादवले सहजीकरण गर्नुभएको थियो । कुष्ठरोगका बारेमा समाजमा व्याप्त भ्रम चिर्ने तथा जोगिने उपायबारे सचेतना जगाउन माघ १३ देखि १ हप्तासम्म रेडियो पूर्वी रुकुमबाट समेत जनचेतनामूलक सन्देश प्रशारण गर्ने व्यवस्था मिलाइएको छ ।