FAQs Complain Problems

ताजा समाचार

भूमे गाउँपालिकामा यहाँलाई हार्दिक सुस्वागतम् !

भूमे गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।  273.67 वर्ग कि.मि. क्षेत्रफल रहेको  यस भूमे गाउँपालिकाको जनसंख्या 19,829 रहेको छ। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ९ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ । स्थानीय तहको निर्वाचन - २०७३ दोस्रो चरणमा २०७४ असार १४ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ ।   ९ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।