FAQs Complain Problems

ताजा समाचार

विवाह दर्ता माणपत्रमासंशोधन सम्बन्धमा

लाग्ने समय: 
उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

क) दुलाहा–दुलहीको नाम संशोधन सम्बन्धमा:–

  • विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेकोप्रमाणित नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनी गरेको सिफारिसपत्र ।
  • दुलाहा–दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी

 

ख) विवाह मिति सच्याउने सम्बन्धमा

–  विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी

प्रक्रिया: 

१) सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने ।

२) स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने ।

३) गाउँपालिकामा निवेदन/पत्र दर्ता गर्ने 

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 

५) निवेदकले तोकिएको शुल्क बुझाउने 

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

७) सिफारिश बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बमोजिमको विवरण सच्याउने

//